हेटौंडा, मनहरी गाउँपालिकामा रहेको रोटरी माध्यमिक विद्यालयमा अध्ययनरत नौँ जना विद्यार्थीलाई रोटरी क्लव अफ हेटौंडाले छात्रवृत्ति बापतको चेक हस्तान्तरण गरेको छ । विद्यालयमै पुगेर रोटरी क्लव अफ हेटौंडाले मंगलबार रोटरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँ र सहायक प्रधानाध्यापक साधुराम रिजाललाई १ लाख १७ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
‘एसइई पास गरेपछि प्रविणता तह पढ्नको लागि शुल्क लाग्छ । आर्थिक रुपमा विपन्न र कमजोर भएका विद्यार्थीहरुको पढाइलाई निरन्तरता कायम गर्नको लागि छात्रवृत्ति प्रदान गरेका हौँ।’ रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेलले भने –‘ विद्यालय कक्षा ११ र १२ मा अध्ययनरत नौँ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हौँ । जसमा ८ जना छात्रा र एक जना छात्र विद्यार्थी रहेका छन् ।’
रोटरी माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत सोनिला सुनार, सरिता सुनार, लतसा प्रजा, अप्सरा प्रजा, दिपेश थिङ, कक्षा ११ मा अध्ययनरत सितल लामा, सुविध्या अधिकारी, सिर्जना अधिकारी र रामकुमारी कोइरालालाई जनही १३ हजार रुपैयाँका दरले छात्रवृत्ति रोटरी क्लव अफ हेटौंडाले प्रदान गरेको हो । रोटरी क्लव अफ हेटौंडाले विगत वर्षदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पढाइलाईनिरन्तरता दिने उद्देश्यले छात्रवृत्ति रकम प्रदान गर्दै आइरहेको छ ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पनि विद्यालयलाई रोटरीले खेलकुदलगायत जर्सीहरु प्रदान गरेको थियो । कार्यक्रममा रोटरी क्ल्व अफ हेटौंडाका पूर्व अध्यक्ष रामप्रसाद शर्मा, निवर्तमान अध्यक्ष सूयसराज पराजुली, पूर्व अध्यक्ष उज्जवलशर्मा भण्डारी, शैक्षिक संयोजक रामबाबु थापा, उपाध्यक्ष प्रमेश प्रधान, सदस्य विदुर रिजालको उपस्थिती रहेको थियो ।






