शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारण सभा

हेटौंडा, शिवम् सिमेन्ट्स लिमिटेडकोे सातौं वार्षिक साधारण सभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा आ.व. २०७८/०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ (दश दशमलव पाँच तिन) प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सहितका प्रस्तावहरु पारित गर्दै बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

ADVERTISEMENT

उक्त सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि श्री रोहित गुप्ता, श्री गौरव गोयल, श्री रघुनन्दन मारु, श्री गौरव शारडा र श्री शैलजा राई गरी जम्मा ५ जना संचालकहरु निर्वाचित गरेकोमा सभास्थलमा बसेको नवनिर्वाचित संचालकहरुको बैठकबाट संचालक श्री गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । साथै सोही सभाबाट संचालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहनु भएका श्री चन्द्र कुमार घिमिरेज्यूलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तीको अनुमोदन समेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको हो ।

उक्त सभाबाट आ.व. २०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै आ. व. २०७९।०८० को आय व्ययको लेखापरीक्षण कार्य गर्नका लागि श्री सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरिक्षकमा नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गर्नुका साथै कम्पनीमा आवद्ध रहि उत्कृष्ट कार्य सम्पादन गर्ने केहि कर्मचारीहरुलाई पुरस्कृत गर्ने कार्य समेत गरेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *