शिखर बचत सहकारीको अध्यक्षमा मनोज रायमाझी

हेटौंडा, थाहा नगरपालिका- ३ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मनोज रायमाझी चयन भएका छन् । सोमबार भएको सहकारीको १२ औँ वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा रामचन्द्र विष्ट, सचिवमा सहदेव ढकाल, कोषाध्यक्षमा निरज रायमाझी चयन भएको सहकारीको व्यवस्थापक अनिल विष्टले जानकारी दिए ।

ADVERTISEMENT

यसैगरी सहकारीको सदस्यमा उर्मिला गोपाली, नेत्र खत्री, बिनोद बस्नेत, कृष्ण रायमाझी र श्रीराम कार्की चयन भएका छन् । सहकारीको लेखा समिति संयोजकमा लक्ष्मी कार्की र ऋण समिति संयोजकमा जयन्ती रायमाझी चयन भएका छन् । संस्थाका अध्यक्ष मधुसूदन बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो । सहकारीको अध्यक्ष विष्टले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मनोज रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आर्थिक वर्ष २०७८/०७९ मा सहकारीको शेयर पूँजी १ करोड ३८ लाख रुपैयाँ रहेको छ । संस्थाको वार्षिक कारोबार ९ करोड २० लाख रुपैयाँ रहको छ । कार्यक्रममा च्वाइस नेपालका सामाजिक बिकास विशेषज्ञ प्रताप घिमिरे, थाहानगरपालिका वडा न ४ का अध्यक्ष नारायण लामा, वडा सदस्य शान्ती बिश्वकर्मालगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya