हेटौंडा, हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेलाई हेटौंडा उपमहानगरपालिकाको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
शनिबार बसेको कार्यपालिकाको बैठकले निर्णय गर्दै न्यौपानेलाई उपमहानगरपालिकाको प्रवक्ताको जिम्मवारी दिइएको हो । २०७४ र यस पटक निरन्तर वडा अध्यक्ष निर्वाचित भएका न्यौपानेलाई कार्यपालिकाको बैठकबाट निर्णय गर्दै प्रवक्ताको जिम्मेवारी दिइएको प्रेस सल्लाहकार राजन दाहालले जानकारी दिए ।

यसअघि उपमहानगरपालिकामा जनप्रतिनिधिलाई प्रवक्ताको जिम्मेवारी दिइएको थिएन । न्यौपाने वडा अध्यक्ष हुनुअघि एक दशकभन्दा बढी समय पत्रकारितामा क्रियाशिल थिए ।
संचार क्षेत्रमा दख्खल रहेका कारण न्यौपानेले प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने मूल्यांकन गर्दै नगर प्रमुख मिनाकुमारी लामाले उनको नाम अघि बढाइएकी हुन् ।
ADVERTISEMENT