मकवानपुरका कटुवाल महासंघको नगर सदस्यमा निर्वाचित

हेटौंडाः, नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर कार्यसमिति सदस्य पदमा मकवानपुरका कृष्ण कटुवाल निर्वाचित भएका छन् । कटुवाल मकवानपुर उद्योग बाणिज्य संघको निवर्तमान अध्यक्ष हुन् ।

ADVERTISEMENT

बिहिबार राती प्राप्त अन्तिम मत परिणाम अनुसार उनले ६७ मत प्राप्त गरी विजयी भएका हुन् । निर्वाचनबाट १८ जना जिल्ला नगर कार्यकारिणी सदस्य निर्वाचित भएका मध्ये कटुवाल १२ औं नम्वरमा निर्वाचित भएका हुन् ।

यसैगरी जिल्ला नगर उपाध्यक्ष पदमा मकवानपुरका अरुणराज सुमार्गी पराजित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *