हेटौंडा, हेटौंडा ५ मा रहेको ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा ऋषिराम उपाध्याय (पोखरेल) निर्वाचित भएका छन् । बुधबार भएको सञ्चालक समितिको निर्वाचनमा पोखरेलले २ सय ३९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी गोविन्दप्रसाद चौलागाईले १ सय ३० मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्ष पदमा राजेशप्रसाद घिमिरेले २ सय १ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रामप्रसाद गजुरेलले १ सय ५१ मत प्राप्त गरे । त्यसैगरी सचिव पदमा लिलानाथ ढुङ्गेल निर्वाचित भएका छन् । उनले २ सय ३५ मत प्राप्त गर्दा दीपक खड्काले १ सय २५ मत प्राप्त गरे ।
सञ्चालक समितिको सदस्यमा खिलप्रसाद बराल (निमेष निखिल) ले ३१४ मत, गमला राजभण्डारी (अस्मिता श्रेष्ठ)ले १ सय ८८ मत, जनकराज पन्तले २ सय ३९ मत, रमिलाकुमारी सापकोटाले २ सय ८ मत, लक्ष्मी दुलाल (गजुरेल)ले १ सय ८० मत, श्रीराम दहालले १ सय ७९ मत र सरस्वती ढकालले २सय २५ मत प्राप्त गरी विजयी भएका छन् । सदस्यमा खेमराज लामिछाने, नेत्रप्रसाद ढुङ्गेल, प्रकाश बानियाँ, राजु अर्याल, विश्वनारायण श्रेष्ठ पराजित भएका छन् । सहकारीको लेखा समितिको सदस्यमा बासुदेव रिजाल (२३५) मत, मिलन दुलाल (२४५) मत प्राप्त गरी विजयी भए ।
सदस्यमा बसन्तीकुमारी थापा (महत) १ सय ३६ मत प्राप्त गरी पराजित भइन् । सहकारीको कोषाध्यक्षमा मोहनप्रसाद न्यौपाने र लेखा समिति संयोजकमा गौतम केसी सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत ध्रुवप्रसाद चौलागाईले जानकारी दिए । सहकारीमा ५ सय ९६ जना शेयर सदस्य आवद्ध रहेकोमा ३ सय ८० मत खसेको थियो ।