मारवाडी युवा संगठनद्वारा खाद्यान्न सहयोग

हेटौंडा/मारवाडी युवा मञ्च हेटौंडाले नेपाल राष्ट्रिय मारवाडी युवा दिवसको सन्दर्भमा अनाथ, असहायहरुको संरक्षण गर्दै आएको हाम्रो घर संस्थालाई खाना खुवाउनुको साथै खाद्यान्न सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच हेटौंडा–५ मा रहेको हाम्रो घर संस्थामा आश्रित रहेकाहरुलाई खाना खुवाउनुको साथै खाद्यान्न सहयोग गरेको हो ।

ADVERTISEMENT

मारवाडी युवा मञ्चले हाम्रो घरलाई चामल, चिउरा, तरकारी, विस्कुट लगायतका खाद्यान्न सहयोग गरेको हो । मारवाडी युवा मञ्च हेटौंडाका अध्यक्ष एवम् नेपाल मारवाडी युवा संगठन क्षेत्रीय ‘घ’ सभापति चिराग अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मारवाडी युवा मञ्च हेटौंडाका निवर्तमान अध्यक्ष एवम् केन्द्रीय सदस्य राहुल जालान, पूर्व अध्यक्ष अजय अग्रवाल, युवा मन्च हेटौंडाका सल्लाहकार राजेश अग्रवाल, हाम्रो घर बालगृहका अध्यक्ष इन्दिरा डल्लाकोटी, मारवाडी एशोसिएसनका अध्यक्ष पवन अग्रवाल, सल्लाहकार दिपचन्द अग्रवाल लगायतको आतिथ्यता थियो । मारवाडी युवा मञ्च अध्यक्ष चिराग अग्रवालले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने बताए । हेटौंडा उपमहानगरपालिकाका उपमेयर बानियाँले सहयोगापेक्षी व्यक्तिहरुलाई आश्रय दिँदै आएको संघसंस्थालाई आवश्यक सहयोगका लागि उपमहानगरपालिका तयार रहेको बताए । सुन्दर, शान्त र सफा हेटौंडा उपमहानगरपालिका बनाउने अभियानमा साथ दिन उनले सबैलाई अनुरोध गरे ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya