मकवानपुरे खेलाडी सुनिल बल सर्वोत्कृष्ट खेलाडी चुनिए

हेटौंडा, मकवानपुरे खेलाडी सुनिल बल आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । संकटा क्लबमा कप्तान रहेका मकवानपुरे खेलाडी सुनिल आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र एफसी छाडेर यहि सिजन संकटामा आबद्ध भएका सुनिलले फाइनलमा निर्णायक गोल समेत गरेका थिए ।

ADVERTISEMENT

सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे । टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले उनलाई स्कुटरको साचो हस्तान्तरण गरेका थिए । पोखरा रंगशालामा भएको फाइनलमा भुटनिज युथ एससी अमेरिकाविरुद्ध निर्धारित समय २–२ को बराबरीमा टुंगिएपनि अतिरिक्त समयमा सुनिलको गोलमा संकटा ३–२ ले विजयी भएको थियो । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका सुनिलले थप समयको २७ औं मिनेटमा गोल गरेका थिए ।

व्यक्तिगत अवार्डमा पनि विजेता संकटाकै खेलाडीको दबदबा रह्यो । टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, आयुष घलान उत्कृष्ट मिडफिल्डर, स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड, मेसुके ओलेमोउ उच्चकर्ता र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए । भुटनिज युथका हेक्टर ओर्टेगा उत्कृष्ट रक्षक घोषित भए । धरान एफसी फेयर प्ले टोली चुनियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्बाङसहितले विजेता, उपविजेता टोलीका खेलाडी र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरे । विजेता संकटाले उपाधिसहित १२ लाख र भुटनिज युथले ६ लाख रुपैयाँ प्राप्त गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya