हेटौँडा, यही चैत्र १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि मकवानपुरमा परीक्षा केन्द्र तोकिएको छ । एसईईको लागि जिल्लामा २८ केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । बुधबार एक सूचना जारी गर्दै इकाईले परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
यस वर्ष मकवानपुरबाट एसईई परीक्षाको नियमित, ग्रेडबृद्धि र प्राविधिक तर्फ ७ हजार १ सय ९२ परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागीका लागि आवेदन फारम भरेको इकाईले जानकारी दिएको छ । गत वर्ष ७ हजार ४ सय ५६ परीक्षार्थी सहभागी थिए ।
यस बर्ष मकवानपुरमा बागमती गाउँपालिका अन्तर्गत जनता मा वि फापरबारी, बकैया गाउँपालिका अन्तर्गत बुद्ध मावि हात्तीसुडेँ र महेन्द्र मावि छतिवन, जनकल्याण मावि पालुङ, महेन्द्र मावि भिमफेदी, मत्स्यनारायण मावि पालुङ, सरस्वती बालबोधीनी मावि मार्खु, बज्रबाराही मावि, राष्ट्रिय रोटरी मावि मनहरी सुनाचुरी, महेन्द्र किरण माध्यमिक विद्यालय ज्यामिरे मनहरी, महेन्द्र किरण माध्यमिक विद्यालय हेटौंडा-३ बसामाडी, निर्मल माध्यमिक विद्यालय बस्तिपुर, वंशगोपाल माध्यमिक विद्यालय चौघडा, आधुनिक माध्यमिक विद्यालय हेटौंडा-४, ज्ञानदा मावि हेटौंडा-१०, वालज्योती माध्यमिक विद्यालय हेटौंडा-५ पिप्ले, सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा-२, भुटनदेवी मावि हेटौंडा-४, जि एस निकेतन हेटौंडा-५, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी हेटौंडा-१०, प्रगती मा वि हेटौंडा-९ ,जनप्रिय मा वि हेटौंडा-१६, अमर मावि हेटौंडा-१, श्रमीक मावि हेटौंडा-४, चन्द्रोदय मावि हेटौंडा- ८ र प्रजा जागृति मा वि राक्सिराङ र कैलाश गाउँपालिका – ९ नामटारमा रहेको कालिका मावि गरी २८ परीक्षा केन्द्र निर्धारण गरेको छ। श्रमीकमा मकवानपुरका प्रविधिक धारमा पढाइ हुने विद्यालयको मात्र परीक्षा केन्द्र निर्धारण गरिएको छ।







