हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग राख्दै सांसदलाई पत्र

हेटौंडा, बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने मागसहित संयुक्त अभियान मकवानपुरले मन्त्री तथा सांसदको ध्यानाकर्षण गराएका छन् । मकवानपुर स्थित कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीको संयुक्त जिल्लास्तरीय समितिले हेटौँडा अस्पताललाई मदन भण्डारी विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग अघि सारेको थियो ।

ADVERTISEMENT

आइतबार प्रदेशका सांसदलाई भेटेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्ने तथा उच्च स्तरको सबै स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाको रुपमा विकास गर्न र हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट छुट्याई नेपाल सरकारकै मातहतमा राखी स्वास्थ्य सेवा प्रदान गराउन समस्या देखिएको हालको ऐनमा संशोधन वा विस्थापन गर्नको ध्यानकर्षण पत्र बुझाएको कांग्रेस मकवानपुरका सचिव भिमसेन महतले बताए ।

कांग्रेसका सचिव महत संयोजक रहेको जिल्लास्तरीय समितिमा माओवादी केन्द्रका सचिव भीम पाख्रिन, एकीकृत समाजवादीका सचिव ध्रुव भुजेल र विज्ञ सदस्यको रुपमा हेटौंडा अस्पतालका निवर्तमान अध्यक्ष प्रकाश पौडेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *