स्वास्थ्यमन्त्री लामाद्वारा कार्यकालको उपलब्धी सार्वजनिक

हेटौंडा/ बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफ्नो कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन । आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री लामाले आफनो कार्यकालमा गरेका उपलब्धिहरूलाई सार्वजनिक गरेका हुन् । २०७८ कार्तिक २५ गते मैले स्वास्थ्य मन्त्रीको पद सम्हालेका लामाले नागरिक तहमा संघीयताको प्रत्याभुति स्वास्थ्य क्षेत्रबाटै गराउनुपर्छ भन्ने मूख्य लक्ष्यका साथ काम गरेको बताए ।

ADVERTISEMENT

उनले आफ्नो कार्यकालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नु महत्वपूर्ण उपलब्धी रहेको बताए । त्यस्तै उनको आफ्नो कार्यकालमा प्राप्त उपलब्धीहरुमा प्रदेश स्वास्थ्य सेवा पहिलो संशोधन नियमावली, २०७९, प्रदेश भित्रका अस्पतालको सञ्चालन र व्यवस्थापन पहिलो संशोधन आदेश, २०७८, एक विद्यालय एक नर्स, कार्यविधि २०७८, स्वास्थ्य आमा समूहलाई स्वास्थ्य प्रर्वद्धन प्रविधिको अनुशरणका कार्यविधि, २०७८ लागि साना अनुदान सम्बन्धी कार्यविधि २०७८, प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुनःस्थापना साझेदारी कार्यक्रम (स्वास्थ्य तर्फको सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७८ प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुनर्स्थापना साझेदारी कार्यक्रम (स्वास्थ्य तर्फको सञ्चालन तथा व्यवस्थापन) पहिलो संशोधन कार्यविधि, २०७८, रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७८,चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८, सामुदायिक एवम् गैर नाफा मूलक अस्पतालको लागि पुँजीगत सुधार सम्बन्धी कार्यविधि २०७८, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम परिक्षण, निदान, परामर्श र उपचार व्यवस्थापन कार्यविधि २०७९, रहेका छन् ।

बागमती प्रदेशको पहिलो आयुर्वेद औषधी उत्पादन केन्द्र, रत्ननगर, चितवनमा स्थापना गरी सोको सञ्चालनका लागि रु.३ करोड ९४ लाख बजेटको व्यवस्थापन गरी कार्यान्वन, स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाउनका प्रदेश स्तरीय स्वास्थ्य बिमा संयोजक समितिको गठन, एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८÷०७९ सम्म ४५९ जना विद्यालय नर्सलाई नियुक्ति दिई सम्बन्धित स्थानीय तहमा परिचालन गरिएको छ भने आर्थिक वर्ष २०७९÷०८० मा ६० जना विद्यालय नर्स भर्ना प्रक्रियामा रहेको, प्रादेशिक सरुवा रोग अस्पताल स्थापनाका चालु आर्थिक वर्षमा भवन निर्माणको कार्य अघि बढाईएको, धादिङ, हेटौडा, धुलिखेल, काठमाण्डौमा एम्बुलेन्स डिस्प्याच सेन्टर स्थापना गरिएको, एम्बुलेन्स सेवालाई व्यवस्थीत गर्न प्रदेश भित्रका ४०० वटा एम्बुलेन्समा जिपीएस जडान गरिएको, महिलाको गर्भको जटिलता जाँच गर्न प्रयोग गरिने ७३ वटा पोर्टेवल भिडीयो एक्स रे मेसिन खरिद गरी स्थानीय तहका स्वास्थ्य संस्थालाई हस्तान्तरणको तयारी, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालबीच मृगौला प्रत्यारोपण सेवा सुरू गर्न द्विपक्षीय सम्झौता, आयुर्वेद स्वास्थ्य केन्द्रमा अकुपन्चर सेवा, फिजियोथेरापी सेवा, फार्मेसी सेवा लगायतका सेवा थप, स्वास्थ्य क्षेत्रमा हुने स्वास्थ्य जनशक्तिको अभावको समस्या समाधानका लागि हाललाई ६२८ स्वीकृत अस्थायी दरवन्दी बमोजिम पदपूर्ति गरी कर्मचारीलाई मन्त्रालय र मातहतका कार्यालयमा सेवामा परिचालन गरिएको, स्थानीय तहका १५ शैया सम्मको अस्पताल सञ्चालन निरन्तरता, स्थानीय तहमा स्वास्थ्य संस्थाको भवन निर्माण निर्माण, स्वास्थ्य संस्थाको सवालिकरणको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

डेंगु रोग सम्बन्धी अनुसन्धान एवं निगरानी भेक्टर सर्भिलेन्सका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालय अन्तरगतको हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबीच सम्झौता, क्यान्सर रोग लागेका विपन्न नागरिकलाई उपचारमा सहुलियत प्रदान कार्यक्रम अन्तर्गत बागमती प्रदेशका सरकारी तथा निजि गरी १२ वटा अस्पताल सँग सम्झौता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *