हेटौंडामा सुरु हुने एसियाली बुद्धिचाल प्रतियोगिता तयारी पूरा

हेटौँडा, बुधबारबाट हेटौंडामा हुने ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को तयारी पूरा भएको आयोजकले जनाएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिताको बारेमा मंगलबार हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपाल सहित भारत, बङ्गलादेश र श्रीलंकाका गरी एक सय २० जना खेलाडीहरुको सहभागिता रहने संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । अहिलेसम्म एक सय एक जना खेलाडीहरुले नाम दर्ता गराइसकेको समेत उनले बताए ।

ADVERTISEMENT

प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ,दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र पाउँने अध्यक्ष श्रेष्ठले बताए । यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ जित्नेछन् ।

यस्तै छैठौंदेखि दशौं स्थानसम्मका प्रत्येक प्रतियोगिले नगद १५ हजार, एघारौदेखि पन्ध्रौसम्मले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन भने प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय लगाएत विभिन्न विधामा ३८ जना खेलाडीहरुले नगदसहित पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए। प्रतियोगिता आयोजना गर्नका लागि करीब ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
स्विस नियम अनुसार नौ राउन्डमा हुने प्रतियोगितामा सहभागीताका लागी प्रत्येक खेलाडीले दश हजार तिरेर रजिष्ट्रेशन गर्नुपर्ने छ । प्रतियोगितामा सहभागी खेलाडीहरुका लागी खाने र बस्नेको सुविधा भने आयोजकले व्यहोर्ने समेत बताईएको छ । प्रतियोगिता मंसिर १३ गते देखी १७ गते सम्म चल्ने बताईएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya