निर्माण सामाग्री व्यवसायी संघको अध्यक्षमा पुनः बजगाईँ

हेटौंडा, निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण बजगाईं सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार हेटौंडामा सम्पन्न संघको १३ औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशनले बजगाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

ADVERTISEMENT

संघको उपाध्यक्षमा सुदीप तिमल्सिना ‘सन्जिव’, महासचिवमा रोशन सापकोटा, सचिवमा सुबास दाहाल, कोषाध्यक्षमा उद्धव देवकोटा र सहकोषाध्यक्षमा राहुल जालान चयन भएका थिए । संघको कार्यसमिति सदस्यहरु प्रदीप तिवारी, जीवन ढकाल, सुरेश अर्याल र अमित श्रेष्ठ रहेका छन् । संस्थाको संस्थापक अध्यक्ष कृष्णराम न्यौपाने अधिवेशनको निर्वाचन आयुक्त रहेका थिए।

निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण बजगाईंको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, एसोसिएट तर्फको उपाध्यक्ष उज्ज्वल चौलागाईं, बस्तुगत तर्फको उपाध्यक्ष राजु अधिकारी, निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्षद्वय मनोज जालान र रवि नेपाललगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya