हेटौंडा क्याम्पसको भवन शिलान्यास

हेटौंडा/ हेटौंडा १६ नम्बर वडामा हेटौंडा क्याम्पसको भवन शिलान्यास भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले सोमबार भवनको शिलान्यास गरेका हुन् । हेटौंडा क्याम्पसले आफ्नै स्वामित्वको जमिन खरिद गरी हटियामा शैक्षिक भवन निर्माण कार्य सुरु गरेको हो ।

ADVERTISEMENT

हाल हेटौंडा–४ स्थित भुटनदेवी माविको स्वामित्वको जमिनमा भवन निर्माण गरी सञ्चालनमा रहेको हेटौंडा क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा हटियामा शैक्षिक भवन निर्माण सुरु गरेको हो । यस क्यामपसमा कक्षा ११ र १२, स्नातक र स्नात्तकोत्तर तहमा गरी करिब २ हजार १ सय विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा हेटौंडा क्याम्पसले हटियामा ५ तल्ले भवन निर्माण कार्य सुरु गरेको हेटौंडा क्याम्पसका अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए । बहुवर्षीय योजनाको रुपमा आगामी ३ वर्षभित्र हटियामा आफ्नै स्वामित्वको जमिनमा क्याम्पसको शैक्षिक भवन तयार हुनेछ । विश्वविद्यालय अनुदान आयोगले कुल ३ करोड रुपैयाँको अनुदान सुनिश्चित गरिसकेकोमा यो वर्ष ७५ लाख रुपैयाँ पाएको उनले बताए ।

सोही अनुरुप हेटौंडा क्याम्पसको स्वामित्वमा रहेको २ कठ्ठा जमिनमा भवन निर्माणका लागि टेण्डरमार्फत सत्गुण निर्माण सेवासँग भवन निर्माणको सम्झौता गरेको छ । पहिलो चरणमा ४ कोठे भवन तयार हुनेछ भने दोस्रो चरणमा एक करोड ५० लाख रुपैयाँ प्राप्त भएपछि तल्ला थप गर्दै जाने योजना छ । तेस्रो किस्तावापत ७५ लाख रुपैयाँ प्राप्त हुनेछ । पहिलो चरणको कामस्वरुप ४ कोठे भवन आगामी चैत अन्तिमसम्ममा निर्माण सकिने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

शिलान्यास कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १६ नम्वर वडाका अध्यक्ष रामकृष्ण कोइराला, क्याम्पसका प्रिन्सिपल देवचन्द्र मानन्धर लगायतको सहभागिता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *