बहुउद्देश्यीय सहकारी संघको अध्यक्षमा पुनः न्यौपाने

हेटौंडा, मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको अध्यक्षमा पुनः रामहरी न्यौपाने चयन भएका छन् । विहीबार भएको संघको नवौँ वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा शर्मिला डंगोल, सचिवमा प्रतिमा श्रेष्ठ र कोषाध्यक्षमा पुरुषोत्तम कार्की चयन भएका छन । यसैगरि सदस्यहरुमा भीमसेन पौडेल, शिवकुमार खत्री, भोगेन्द्र लुईटेल, सिह बहादुर विक.मोती लामा, कुलकुमारी बस्नेत र शुक्रदेवी बल चयन भएका छन ।

ADVERTISEMENT

संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामेश्वर अर्याल र सदस्यहरुमा जानकी दाहाल र रमिला सापकोटा चयन भएका छन् । संघका अध्यक्षम रामहरी न्योपानेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विकास कोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । मकवानपुरमा रहेका १९ वटा बहुउद्देश्यीय सहकारी संस्था आवद्ध रहेको संघको कुल शेयर पुँजी १ लाख १५ हजार रुपैयाँ रहेको छ । संघमा आवद्ध रहेका बहुउद्देश्यीय सहकारी संस्था मध्य उत्कृष्ट सहकारी ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था, पत्रकार गणेशदर्पण अधिकारी, संघलाई सहयोग पु¥याउनु हुने विभिन्न व्यक्ति, संघसंस्थालाई सम्मान गरेको थियो ।

कार्यक्रममा हेटौडा–९ का निवर्तमान वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष बद्री प्रसाद लम्साल, बागमती प्रदेश सहकारी संघका सञ्चालक बिमल ढकाल, जिल्ला सहकारी संघका सचिव विरेन्द्र प्रसाद ढुङगाना, शिवम सिमेन्टका सनद गोतामे लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *