सवारी साधनमा सन्देशमुलक स्टिकर टासियो

हेटौंडा, ५१ औं विश्व वातावरण दिवसको अवसरमा बुधबार हेटौंडामा सार्वजनिक सवारी साधनमा वातावरण सन्देश मुलक स्टिकर टाँस्ने, डस्विन वितरण कार्यक्रम भएको छ ।

ADVERTISEMENT

टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर उध्योग वाणिज्य संघ, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ र ट्राफिक प्रहरी कार्यालय मकवानपुरको समन्वयमा यात्रु बाहक सवारी साधनमा सन्देश मुलक स्टिकर टास्ने तथा फोहर संकलन गरि राख्न डस्टबिन बितरण गरिएको छ ।

कार्यक्रममा हेटौंडा–११ का अध्यक्ष जुना दाहाल, न्यायिक समिति सदस्य ज्ञान बहादुर थापा, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, ट्राफिक प्रहरी प्रमुख बसन्त आचार्य, हेटौंडा उपमहानगरपालिका वातावरण शाखा प्रमुख चन्दा खड्का, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देव कुमार श्रेष्ठ लगायत विभिन्न टोल विकास संस्थाका सदस्यहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व विश्व वातावरण दिवस मुल आयोजक समारोह समितिका संयोजक ध्रुब प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya