नव साहित्य डटकम अनलाइन शुभारम्भ

हेटौंडा, मकवानपुरमा नव साहित्य डटकम अनलाइन पत्रिकाको प्रकाशन आरम्भ भएको छ । शनिवार हेटौंडामा एक कार्यक्रमका बीच साहित्यिक र प्रविधि विशेष सो अनलाइन पत्रिकाको औपचारिक शुभारम्भ भएको हो । साहित्यकार निमेष निखिलको सम्पादनमा अनलाइनको प्रकाशन सुरु भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा साहित्यकार द्वय खगेन्द्र संग्रौला र युग पाठकले नव साहित्य डटकमले अनलाइनको भीडमा पृथक पहिचान बनाओस् भनी शुभकामना दिए । उनीहरुले साहित्य क्षेत्र समाज रुपान्तरणको एउटा प्रमुख मार्ग भएको उल्लेख गर्दै नव साहित्य डटकमले साहित्यमार्फत् समाजमा दिन खोजिएको सन्देश पाठकसमक्ष पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । सो अवसरमा अनलाइनका संचालक प्रकाशचन्द्र पाण्डेले स्वतन्त्र एवम् निश्पक्ष पत्रकारितामार्फत् समाजमा देखिएका विकृति विसंगतीविरुद्ध आवाज उठाउँदै समाजलाई निरन्तर सुसूचित गराउने र विशेषगरी साहित्य क्षेत्रको विकासमा योगदान पुर्याइने उल्लेख गरे । कार्यक्रममा संविधानसभा सदस्य प्रल्हाद लामिछाने, हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देल, हेटौंडा ५ का वडाध्यक्ष शुसिल घिमिरेलगायत मकवानपुरका पत्रकार एवम् साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya