हेटौंडा, आज (शुक्रबार) बाट हेटौंडामा जिल्ला स्तरिय शिक्षक भलिबल प्रतियोगिता शुरु हुँदैछ । मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिता हेटौंडा–४ हुप्राचौरको भलिबल कोर्ट र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा हुँदैछ । प्रतियोगितामा १९ वटा सामूदायिक विद्यालय, ५ वटा संस्थागत विद्यालय, क्याम्पसमा हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र हेटौंडा क्याम्पसले सहभागिता जनाएका छन्।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितिय हुने टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै तृतिय हुने टिमले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ रहेको छ भने उत्कृष्ट सेटर र उत्कृष्ट स्पाइकरलाई समान २र२ हजार रुपैयाँ र अनुशासित टिमलाई बल र नेटद्वारा पुरस्कृत गरिने छ ।







