हेटौंडा, शिवम् सिमेन्ट्स लिमिटेड ‘अग्रेनाईजेशनल सेल्स इक्स्लेन्स अवार्ड-२०२३’ बाट सम्मानित भएको छ । काठमाडौंमा ग्रोथ सेलरद्वारा आयोजना गरेको सेल्स सम्मिट – २०२३ मा शिवम् सिमेन्ट अग्रेनाईजेशनल सेल्स इक्स्लेन्स अवार्ड-२०२३ बाट सम्मानित भएको हो ।
त्यसैगरी, शिवम् सिमेन्ट्स लिमिटेडका सेल्स एण्ड मार्केटीङका भाईस प्रेसिडेन्ट निखिल अग्रवाल इन्डिभिजुअल सेल्स इक्स्लेन्स अवार्ड-२०२३ बाट सम्मानित भएका छन् । नेपालमै पहिलो पटक आयोजना गरिएको इन्डिभिजुअल सेल्स इक्स्लेन्स अवार्ड- २०२३ विभिन्न सुचाकंको आधारमा आफ्नो उत्पादनलाई कुशल बजार व्यवस्थापन, विक्रि वितरणमा पुऱ्याएको योगदान तथा तोकीएको लक्ष्य प्राप्त गर्नमा उत्कृष्ट भुमिका निर्वाह गरेकोमा कुशल व्यवस्थापकको रुपमा अग्रवालाईलाई सम्मानित गरेको छ ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओपिसि सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला-ठुला परियोजनाहरुमा प्रयोग हुनुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको उद्योगले जनाएको छ ।







