श्रमिक साना किसानको अध्यक्षमा पुन: लम्साल चयन

हेटौंडा, मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः ४ वर्षे कार्यकालको लागि निर्मला कुमारी लम्साल सर्वसम्मत चयन भएको छ । आईतवार सम्पन्न भएको संस्थाको ११ औं वार्षिक साधारणसभाको बन्दसत्रले लम्सालको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा रिता योञ्जन र सदस्यहरुमा सुजाता आले, आईतीमाया वाईवा, सुकुन्तला गिरी, सरिता नेगी, भुवन कुमारी तिमल्सिना,कुमारी गोङवा र संगिता कुमारी लुङवा रहेका छन । यसैगरि लेखा सुपरीवेक्षण समितिको संयोजकमा राधिका सापकोटा, सदस्यहरुमा रेणुका पूर्वछाने मगर र विमला सापकोटा रहेका छन ।

साधारणसभामा संस्थाकी अध्यक्ष निर्मला कुमारी लम्सालले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक राधिका सापकोटाले लेखा समितिको प्रतिवेदन र प्रवन्धक गिता लम्सालले आव. ०७९/०८० को लेखा परिक्षण प्रतिवेदन र चालु आव. ०८०/०८१ को लागि २२ करोड ६७ लाखको अनुमानित आयब्यय विवरण पेश गरेका थिए ।

ADVERTISEMENT

साधारणसभामा संस्थाद्वारा सञ्चालित गाई ब्लक सुधार कार्यक्रममा सहयोग गरेकाले मकवानपुगढीका निवर्तमान अध्यक्ष बिदुर हुमागाई र ३ नं. वडा अध्यक्ष भागवत घिमिरेलाई दोसल्ला ओढाएर सम्मनित गरिएको थियो । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष लम्सालको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा मकवानपुरगढी–२ का अध्यक्ष बखान सिह पाख्रिन, ३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, मकवानपुरगढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, पशु शाखा प्रमुख सत्यनारायण शाह, सहकारी शाखा प्रमुख सूर्य बहादुर गुरुङ, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहाल, ब्यवस्थापक शशि लम्साल, सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण विडारी, हिमाल महिला बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष जानुका दाहाल, स्वरोजगार साना कृषि सहकारीकी अध्यक्ष धनकुमारी खड्का, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका उपाध्यक्ष उमेश अधिकारी, सञ्चारकर्मी भीमसेन पौडेल, एमपी पौडेल, श्रीराम दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

२ सय ९० वटा समूह, १ हजार ५ सय ६० शेयर सदस्य रहेको यो सहकारीको शेयर पूँजी १ करोड ४६ लाख, निक्षेप ७ करोड ३८ लाख र कर्जा लगानी ९ करोड ६६ लाख रहेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya