हेटौंडा/ श्रीकृष्ण आदर्श इंग्लिस सेकेण्डरी स्कूलले स्वास्थ्य परिक्षण अन्तर्गत शुक्रबार निःशुल्क महिलाहरुको पाठेघरको मूखको परिक्षण शिवर सञ्चालन गरेको छ । नियमित स्वास्थ्य परिक्षण अन्तर्गत विद्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ७४ जनाले स्वास्थ्य परिक्षण गरेका थिए । शिवरमा स्वास्थ्य चेक जाँच गरेका ३१ जनालाई निःशुल्क औषधी वितरण गरिएको थियो । नेपाल परिवार नियोजन संघ मकवानपुरका ममता श्रेष्ठ, श्रृजना रिमाल, संगीता गौतम, सुस्मिता थापा, आस्ना बानियाँ र अस्मिता वैडारले स्वास्थ्य परिक्षण गरेका थिए ।
स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत माघ १५ गते दाँतको परिक्षण कार्यक्रम सञ्चालन गर्ने विद्यालयले जनाएको छ ।