अवैध कपडा र पाउडर दूध बरामद

हेटौंडा, मकवानपुर प्रहरीले भन्सार छलेर अवैध रुपमा ल्याएको कपडा र पाउडर दूधको प्याकेट बरामद गरेको छ ।

ADVERTISEMENT

बिहीबार मध्यरातमा हेटौंडा–१०, बसपार्कमा रहेको प्रहरी चौकी र प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले कपडा र दूधको प्याकेट बरामद गरेको हो । हेटौंडा–१५, रातोमाटे र हेटौंडा–१० स्थित बसपार्कमा बस चेक गर्दा रौटहटको गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ख १७३८ र सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना.६ ख १२३३ नम्बरको यात्रुबाहक रात्रीबसको चेक गर्ने क्रममा करिब ५ लाख ७५ हजार रुपैया“ बराबरको कपडा र दूध प्रहरीले वरामद गरेको हो ।

प्रहरीका अनुसार कपडा र दूधको प्याकेट आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya