अवैध कपडा र पाउडर दूध बरामद

हेटौंडा, मकवानपुर प्रहरीले भन्सार छलेर अवैध रुपमा ल्याएको कपडा र पाउडर दूधको प्याकेट बरामद गरेको छ ।

बिहीबार मध्यरातमा हेटौंडा–१०, बसपार्कमा रहेको प्रहरी चौकी र प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले कपडा र दूधको प्याकेट बरामद गरेको हो । हेटौंडा–१५, रातोमाटे र हेटौंडा–१० स्थित बसपार्कमा बस चेक गर्दा रौटहटको गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ख १७३८ र सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना.६ ख १२३३ नम्बरको यात्रुबाहक रात्रीबसको चेक गर्ने क्रममा करिब ५ लाख ७५ हजार रुपैया“ बराबरको कपडा र दूध प्रहरीले वरामद गरेको हो ।

प्रहरीका अनुसार कपडा र दूधको प्याकेट आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाइएको छ ।

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button