हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ चुच्चेखोला शनिबार दिउँसो चक्कु प्रहारबाट एक जना घाइते भएका छन् ।
घाइते हुनेमा हेटौंडा–४ कमलडाडा डेरा गरी बस्ने कवाडीको काम गर्ने अन्दाजी १८ वर्षीय जोधा कुमार सहनी रहेका छन् ।
सहनीलाई चक्कु प्रहार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ पर्नेहरुमा हेटौंडा–१७ हटिया बस्ने ३२ वर्षीय सन्तोष राई र हेटौडा ९ लामसुरे बस्ने १९ वर्षीय शुसिल मोक्तान रहेका छन् । उनीहरुलाई हेटौंडा–१७ सिसौघारीबाट चक्कुसहित पक्राउ गरेको हो ।
चक्कु प्रहारबाट घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।







