हेटौंडामा फेडोको अभिमुखीकरण

हेटौंडा, दलित महिला संघ फेडोले हेटौंडामा लैङ्गिक समानता र जातीय विभेद विरुद्ध पुरुष संलग्नता सम्बन्धि अभिमुखीकरणको आयोजना गरेको छ ।

ADVERTISEMENT

नेपालमा दलित महिला तथा किशोरीको मानव अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत शनिबार हेटौंडामा अभिमुखीकरणको आयोजना गरेको हो । फाउन्डेसन फर अ जस्ट सोसाइटीको सहयोगमा भएको कार्यक्रममा दलित महिला अभियानकर्ताको जोडी र अन्य विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

फेडो मकवानपुरका उपाध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुनिता दर्नालले कार्यक्रमको उद्घाटन गरेकी हुन् । दर्नालले अहिले पनि नेपाली समाजमा लैङ्गिक असमानता र जातीय विभेद कायमै रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सबैको सकारात्मक सहयोग जरुरी रहेको औंल्याइन् । पछिल्लो समय जातीय विभेद र लैङ्गिक असमानताका घटना कमी हुँदै गएपनि अन्त्य भने नभएको उनको भनाई थियो ।

दलित महिला संघले यस परियोजना अन्तर्गत हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकालाई कार्यक्षेत्र बनाएर काम गर्दै आइरहेको छ । सचिव मन्जु रोक्काले स्वागत मन्तव्य व्यक्त गर्दै यस्ता अभिमुखीकरणले जातीय विभेद अन्त्यका लागि सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा प्रशिक्षक राजबहादुर गिरीले सहजीकरण गरेका थिए । कार्यक्रममा फेडोका परियोजना संयोजक विमला विश्वकर्मा, सामाजिक सहजकर्ता राधिका सुनार लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya