ब्रेन बिल्डर्सका विद्यार्थीले मनाए सरस्वती पुजा

हेटौंडा, हेटौंडा- २ मा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का विद्यार्थीहरुले होस्टलमै सरस्वती पुजा कार्यक्रमको आयोजना गरेका छन् । विद्यार्थीहरुको महान पर्वको रुपमा लिइने सरस्वती पुजा कार्यक्रमलाई ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)मा बस्ने भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, ज्ञानोदय र सिद्धार्थ माविमा अध्ययनरत बिद्यार्थीहरुले भव्यरुपमा मनाएका हुन् ।

ADVERTISEMENT

होस्टल प्रांगणमा निर्माण गरिएको विद्याकी देवि सरस्वतीको मुर्तिमा विद्यार्थीहरुले पण्डित किरण पौडेलको सहयोगमा विधिपूर्वक पुजाआजा गरेका हुन् । एजुकेशन होमका संचालक आर्यन झाले विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर पुजा कार्यक्रम मार्फत अनुसाशित भई धर्म संस्कृतिमा सहभागी हुने परिपाटीको विकास गर्न कार्यक्रमको आयोजना गरेको जानकारी दिए । उनले होस्टलमा मकवानपुर, बारा, पर्सा, रौतटह, सर्लाही लगायतकाको जिल्लाबाट बिद्यार्थीहरु हेटौंडामा अध्ययन गर्नका लागि बस्ने गरेको जानकारी दिए ।

एकसय बढी बिद्यार्थी रहेको यस होस्टलमा योग कक्षा, अनुशासन सहितको उत्कृष्ट नतिजा भन्ने मुल उद्देश्यका साथ विभिन्न तहका बिद्यार्थीलाई शिक्षा दिने गरेको होस्टलका अर्का संचालक सुदिप बर्तौलाले बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *