हेटौंडा/निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) ले देशैभरि एकैसाथ पूर्व एसईई योग्य परीक्षा आज (आइतबार) बाट सञ्चालन हुँदैछ। एसईईको मापदण्ड अनुसार नै प्याव्सन आवद्ध विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको लागि परीक्षा सञ्चालन गर्न लागेको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिए ।
माघ १५ गतेबाट शुरु भई माघ २३ गतेसम्म सञ्चालन हुने पूर्व एसईई योग्य परीक्षामा मकवानपुर जिल्लामा रहेका ३७ वटा विद्यालयबाट ११ सय ९६ जना विद्यार्थीले सहभागीता जनाउने सुवेदीले जानकारी दिए । ‘मकवानपुरमा आठ वटा परिक्षा केन्द्र तोकेका छौँ ।’ उनले भने –‘हेटौंडा उपमहानगरपालिकामा बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विद्यालय, तुल्सी मेहर मेमोरियल विद्यालय, सिद्धार्थ शिशु सदन विद्यालय र जेनिथ इन्टरनेशनल विद्यालय रहेको छ ।
थाहानगरको लागि सेतीगणेश आधारभूत विद्यालय, बज्रवाराहीको लागि इअन एकेडेमी र मनहरीको लागि राष्ट्रिय रोटरी माध्यमिक विद्यालय केन्द्र तोकेको छ ।’ झम्केश्वरी माविका शिक्षक भूमिराज अवस्थी, इअन एकेडेमीको केन्द्राध्यक्षमा सुनौला माविका प्रधानाध्यापक कृष्णप्रसाद लामिछाने र नगरमा भने परिक्षा केन्द्र तोकिएको विद्यालयका प्रिन्सिपललाई केन्द्राध्यक्ष तोकिएको छ । केन्द्रीय प्याव्सनले तयार पारेको प्रश्नपत्र प्रदेश अन्तर्गत फरक फरक हुनेछ ।
थाहानगरको सेतीगणेश आधारभूत विद्यालय केन्द्रमा १०३ जना र इअन एकेडेमी केन्द्रमा ३९ जना विद्यार्थीले परिक्षामा सहभागी हुने थाहानगरका अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिए ।






