हेटौंडा । मकवानपुरमा अरिङ्गालको टोकाइ र लडेर दुइजनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदीमा लडेर र अरिङ्गालको टोकाइबाट दुइजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताए।
भिमफेदी गाउँपालिका वडा न।६ सुरुङ खोलास्थित भिरबाट लडेर जुरीखेत बस्ने अन्दाजी ३१र३२ वर्षीया समिता राना मगरको मृत्यु भएको कार्कीले बताए । कार्कीका अनुसार बुधबार दिउँसो घरदेखि करिब एक किलोमिटर पर पाखामा घास काट्न गएकी मगर भिरबाट लडेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी भीमफेदी गाउँपालिका वडा नम्वर ६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तानको अरिङगालको टोकाइबाट मृत्यु भएको छ । बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उहाँलाई अरिङ्गालले टोक्दा गम्भीर बिरामी भएका थिए । उहाँको उपचारको क्रममा आज बिहान चितवनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाउव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।







