हेटौंडा महोत्सवमा आज प्रकाश सपुत आउँदै

हेटौंडा/ मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा जारी महोत्सवमा आज मंगलबार चर्चित गायक प्रकाश सपुत आउने भएका छन् । सपुतसँगै गायिका अस्मिता अधिकारी, लोक गायक खेम सेन्चुरी, कमेडियन प्रभात लामाको प्रस्तुती रहने छ ।

ADVERTISEMENT

यस्तै सोमबार राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकहरु झुमेका छन् । महोत्सवको छैटौं दिन महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले कलाकारको प्रस्तुतीमा नाचेर साथ दिएका हुन् । बाल गायक अशोक दर्जीले आफ्ना चर्चित गीत गाउँदा सबैले साथ दिएका थिए । अर्का गायक तथा संगीतकार टंक बुढाथोकी, गायक प्रदीप त्रिपाठी र गायिका मञ्जु पौडेलले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए ।

मकवानपुर घर भएका कलाकार सुलेमान शंकर ईकुले कमेडी प्रस्तुत गर्दा बेली डान्सर अस्मिता पुरीले नृत्य गरेकी थिइन् । महोत्सवमा गायन प्रतियोगिता हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठोबाट बनेको कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्रि सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडी, बालबालिकाको लागि फनपार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहेको छ ।

हेटौंडा र अन्य अस्पतालका डाक्टरबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरु समेत विक्री वितरण भइरहेको छ । यही २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा निशुल्क स्वास्थ्य शिविर अन्तर्गत सञ्चो हस्पिटलका फिजिसियन डाक्टरबाट सेवा प्रदान गरिएको थियो । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालबाट स्वास्थ्य सेवा प्रदान हुनेछ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *