विशालको नेतृत्वमा प्रगतिशील लेखक सङ्घ मकवानपुर

हेटौंडा, प्रगतिशील लेखक सङ्घ मकवानपुरको अध्यक्षमा विशाल अधिकारी ‘आशुतोष’ चयन भएका छन् ।

ADVERTISEMENT

शनिबार हेटौंडामा भएको नवौँ जिल्ला अधिवेशनबाट विशालको अध्यक्षतामा नयाँ समिति बनेको हो । सङ्घको उपाध्यक्षमा लिला उर्वशी, सचिवमा गायत्री रुपाखेती, सहसचिवमा रमेश अविरल, कोषाध्यक्षमा विधान आचार्य चयन भएका छन् ।

यसैगरी सदस्यमा राजकुमार चौधरी, निलहरि ढुङ्गेल, सूर्यबहादुर गोले, विक्रम घलान र मनोज मोक्तान चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *