हेटौंडामा संस्थागत विद्यालयको अनुगमन जारी

हेटौंडा, हेटौंडा उपमहानगरभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयको अनुगमन जारी रहेको छ । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले हेटौंडामा सञ्चालन रहेको संस्थागत विद्यालयको मापन र शुल्क निर्धारण गर्न विद्यालयको अनुगमन शुरु गरेको महाशाखाले जनाएको छ ।

विहीबार हेटौंडाको सत्यम जेभियर्स माध्यमिक विद्यालय र नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको अनुगमन गरेको शिक्षा विकास महाशाखा शिक्षा अधिकृत हरिचन्द्र सापकोटाले जानकारी दिए । शिक्षा अधिकृत हरिचन्द्र सापकोटा, पुष्करराज विष्ट, उसा गौतम र रामकुमार श्रेष्ठले विहीबार हेटौंडाको संस्थागत विद्यालय अनुगमन गरेका थिए ।

‘एउटा विद्यालय राम्रो हुनको लागि के के चाहिन्छ भनेर विद्यालय मापन गर्नको लागि ७० वटा सूचक बनाएका छौँ । अनुगमनमा विद्यालयको भौतिक संरचना, वर्गीकरण, भर्ना शुल्क लगायतका विषयहरु हेरिएको छ ।’ शिक्षा अधिकृत हरिचन्द्र सापकोटाले भने । हाल हेटौंडा उपमहानगरपालिकामा ४८ वटा निजी विद्यालय संचालनमा रहेका छन् । बुधबार हेटौंडाको बाल जागृति ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल र ज्ञानदिप शिक्षा निकेतनको अनुगमन गरिएको थियो । अनुगमन समूहमा शिक्षा महाशाखाका विद्यालय निरीक्षक, शिक्षा समितिका सदस्य र प्याव्सन प्रतिनिधि रहने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button