माघ २० गते हेटौंडामा शैक्षिक प्रदर्शनी हुने

हेटौंडा – यही माघ २० गते हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो ।

ADVERTISEMENT

मंगलबार पत्रकार सम्मेलन गर्दै शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम माघ २० गते हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा बिहानदेखि बेलुकासम्म कार्यक्रम हुने हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले बताए । पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्यक्रम गर्ने र बाहिर २६ वटा स्टल राखेर कार्यक्रम गरिने अध्यक्ष सिग्देलले बताए । शैक्षिक प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलियाले गर्ने छन् ।

‘शिक्षामा भएको खर्चलाई लगानी मान्नुपर्ने हुन्छ । हामी भौतिक पूर्वाधारभन्दा पनि शिक्षा क्षेत्रमा काम गर्न क्रियाशील भइरहेका छौं ।’, वडा अध्यक्षका अनुसार मेलाको करिब दशहजार विद्यार्थी तथा अभिभावकले अवलोकन गर्नेछन् । अध्यक्ष सिग्देलले प्रदर्शनी तथा कार्यक्रमको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बताए । शिक्षालाई अब प्रतिस्पर्धातमक बनाउनेगरी गुणस्तर सुधारको काममा लागिएको उनको भनाई छ ।

शैक्षिक गुणस्तर सुधार समिति श्रीराम दहालले एक विद्यालयको राम्रो अभ्यास र अनुभवबाट अर्को विद्यालयल सिकाई गरी शैक्षिक सुधार हुने अपेक्षाका साथ शैक्षिक मेला आयोजना गर्न लागिएको हो । कार्यक्रममा हेटौंडा–४ का निजी तथा सरकारी बिद्यालय तथा क्याम्पसको सहभागिता रहने कार्यक्रमको संयोजक श्रीराम दाहालले जानकारी दिए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *