हेटौंडा उपमहानगरद्वारा ७१ कर्मचारीको करार रद्द

हेटौंडा, हेटौंडा उपमहानगरपालिकामा तत्काल सेवा परिपुर्तीका लागि करार तथा ज्यालादारीमा नियुक्त भएका ७१ जना कर्मचारीको करार सम्झौता नविकरण नगर्ने निर्णय भएको छ । उपमहानगरले विभिन्न समयमा विज्ञापन प्रकाशन नगरी आन्तरिक रुपमा नियुक्त गरेका ७१ जना करार र ज्यालादारीका कर्मचारीको करार सम्झौताको म्याद थप नगर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

उपमहानगरको कार्यपालिका बैठक तथा नगरसभाबाट ७१ जना करार तथा ज्यालादारीका कर्मचारीको करार नविकरण नगर्ने निर्णय गरेको थियो । सेवाबाट बाहिरिनेमा स्वास्थ्य शाखाका कर्मचारीको संख्या धेरै रहेको छ । इञ्जिनियरदेखि सहायक चौथो स्तर पदमा कार्यरत स्वास्थ्य, योजना, प्रशासन लगायतका शाखामा कार्यरत कर्मचारीहरुको जागिर गएको हो । हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामा र पूर्व मेयर हरिबहादुर महतको तोक आदेशबाट उनीहरु जागिरमा भर्ती भएका थिए । उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जागिरबाट हटाएको भन्दा पनि आवश्यक नभएका कर्मचारीको सम्झौता नविकरण नभएको बताए ।

‘तत्कालका लागि पदपुर्ती गर्न करार र ज्यादालारीमा कर्मचारी नियुक्त गरिएको थियो । तोक आदेश अनुसार नियुक्त भएका कर्मचारीको सम्झौता नविकरण नगर्ने निर्णय गरिएको हो’, प्रवक्ता न्यौपानेले भने, ‘आवश्यक कर्मचारी पुनः प्रक्रिया अनुसार माग गरिनेछ । आवश्यक कर्मचारी लोकसेवा मार्फत पनि माग भैरहेको छ ।’ करारका कर्मचारी राखिरहँदा उपमहानगरपालिकालाई आर्थिक भार समेत परिरहेको उनले जानकारी दिए । उपमहानगरका विभिन्न समयमा विज्ञापन नै नगरी ‘राजनीतिक पावर’को आधारमा नियुक्त भएकाहरुको जागिर गुमेको एक कर्मचारीले बताए । उनीहरुले लोकसेवा मार्फत आएका कर्मचारीहरुलाई समेत नटेर्ने गरेको उनको ती कर्मचारीको भनाई छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya