हेटौंडा आइडलमा राजेन्द्र सापकोटा बाहिरिए

हेटौंडा, हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा आज बुधबार राजेन्द्र सापकोटा बाहिरिएका छन् । टपटेनमा परेका अनिता मोक्तान , प्रेमलाल बैठा, आवाज सुनार, सुस्मिता श्रेष्ठ , दीपेश श्रेष्ठ , राजेन्द्र सापकोटा, राजेश दर्नाल, सुसन शाही ठकुरी, विजय लामा, दिपा स्याङ्तानले मंगलबार प्रस्तुत गरेको गायनलाई निर्णायकहरुले मूल्याङ्कन गर्दै र भोटिङको आधारमा एक जनालाई आउट गरेका हुन् ।

ADVERTISEMENT

सापकोटा आउट भएसँगै ९ जना प्रतिस्पर्धीले बुधबार आइडलमा आफ्नो प्रस्तुती दिएका थिए । उनीहरुलाई भोट गर्न टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् ।

भोटिङ गर्न हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी नम्बर टाइप गरि ३१००३ मा एसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने मुख्य निर्णायक विजय कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *