हेटौंडा, लायन्स क्लब अफ हेटौंडा लर्ड बुद्धले बकैयामा शैक्षिक उत्प्रेरणा कार्यक्रम र मूर्ती शिलान्यास गरेको छ । क्लबले कर्मप्राप्ती मावि र यसका आसपासमा रहेका मावि र निमाविका विद्यार्थी, अभिभावक र शिक्षकलाई लक्षित गरी उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा मुख्य वक्ताका रुपमा लेखक तथा उत्प्रेरक आचार्य लक्ष्मण भण्डारीले उत्प्रेरणा कार्यक्रम सहजीकरण गरेका थिए । उनले कर्तव्यनिष्ठ, देशप्रेमी, अनुशासित पढाइमा रुची जगाउन कलात्मक ढंगबाट प्रस्तुत गरेका थिए । कार्यक्रममा ४ सय जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका संस्थाका संस्थापक अध्यक्षक ज्योतिरत्न बज्राचार्यले १०८ वटा मूर्ति स्थापना गर्ने लक्ष्य बमोजिम ५६ औँ मूर्ति स्थापनार्थ शिलान्यास आफैँले गर्ने बताएका छन् ।
उक्त मूर्ती बकैया ६ मा रहेको गौतमबुद्ध पार्कमा रहने छ । गौतम बुद्ध पर्यटन पार्कलाई गुरु योजना बनाएर वृहत्तर विकास गर्ने उनले बताए । समाजसेवी एवम् पत्रकार कमल चन्द्र सुमनले पनि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । क्लवका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बकैया शिक्षा प्रमुख आइतराम तामाङ, किरण भण्डारी, विजय शर्मा, रवीभूषण साह, क्लवका पूर्व अध्यक्ष लायन सुवर्णकेसर लामिछाने, सचिव लायन सूर्य गिरी, कोषाध्यष लायन सुनिल श्रेष्ठ, लायन नारायण बराली, लायन भूपेन्द्र गुप्ता, लियो आशिष शाक्य, लियो आशिष चिमोरिया, वडा अध्यक्ष फूलमान भोम्जन, दलबहादुर वाईबा, प्रअ मदन दाहाल गायतका समाजसेवीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको संयोजन तुल्सी गिरी र विद्यालयको तर्फबाट शिक्षक शुक्र घतानीले गरेका थिए ।







