साहित्य संगमले हेटौंडा महोत्सव आयोजना गर्ने

हेटौंडा, मकवानपुर जिल्लामा अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले हेटौंडामा पहिलो पटक साहित्य महोत्सव–२०८० आयोजना गर्ने भएको छ । शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी संगमले आगामी बैशाख ८ र ९ गते हेटौंडा साहित्य महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका कार्यालयसँगको सहयोगमा हेटौंडा साहित्य महोत्सव आयोजना गर्न लागेको साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले बताइन् । हेटौंडा उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोगमा आयोजना गरिने महोत्सवका लागि नेपाल प्रज्ञा प्रतिष्ठानसहितका संस्थासँग सहकार्यका लागि छलफल भईरहेको उनले बताईन् । महोत्सवमा साहित्यिकका विभिन्न पक्षमा, हेटौँडाको विकासको बहस, कविता वाचन, गजल महफिल, मुक्तक वाचन, पुस्तक प्रदर्शनी, चित्रकला प्रर्दशनी, आदिवासी जनजातिका कथा लगायतका विषय रहेको अध्यक्ष न्यौपानले जानकारी दिइन् । महोत्सवमा वागमती प्रदेशसहित देशका विभिन्न स्थानबाट साहित्यकारहरुको सहभागित रहने जनाइएको छ । महोत्सव सम्पन्न गर्नका लागि ५ लाख लाग्ने अनुमान गरिएको छ ।

महोत्सवमा संगमले प्रदान गर्ने सम्मान पनि प्रदान गर्ने भएको छ । पत्रकार सम्मेलनमा प्रदान गरिने सम्मान पनि सार्वजनिक गरिएको छ । संगमले मकवानपुुर साहित्य श्री सम्मान २०७९ का लागि मकवानपुरमा रहि साहित्यकार/गीतकार शम्भु बास्कोटालाई प्रदान गरिने भएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यस्तै, हास्यव्यङ्ग्यकार भैरव अर्याल परिवारको सहयोगमा साहित्य संगम मकवानपुरले दुुई लाख पचास हजारको अक्षयकोष स्थापना गरेको भैरव अर्याल स्मृति सम्मान २०७९ साहित्य लेखन, पत्रकारिता, व्यङ्ग्य र बज्जिका भाषामा निरन्तर साधनारत सञ्जय साहलाई प्रदान गरिने भएको छ । यसको राशी २१ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

यसैगरी हास्यव्यङ्ग्यका आरसी रिजालले आÇनो आमाको स्मृतिमा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार यसवर्ष ज्ञानदीप शिक्षा निकेतनकी उपासना थापालाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार ९ देखि १२ कक्षामा अध्ययनरत छात्राहरु बीच चित्रकला प्रतियोगिता गराइ छनोट गरी प्रदान गर्न लागिएको हो । यस्तै शिक्षासेवी डेण्डीजंग शाहले आÇनो दिवंगत छोराको स्मृतिमा स्थापना गरेको शेषजंग स्मृति कथा पुरस्कार यसवर्ष बालजागृति सेकेन्डरी बोडिंग स्कुलकी छात्रा कृषाङ्गी अर्याललाई प्रदान गरिने भएको छ । जसको राशी ५ हजार रुपैयाँ रहेको छ । प्रत्येक वर्ष साहित्यको कथा विधालाई यो पुरस्कार प्रदान गरिदै आइरहेको छ ।

यसैगरी, साहित्यकार विशाल अधिकारी (आशुतोष) ले आफ्नोे पिताको सम्झनामा स्थापना गरेको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान यस वर्ष छन्दकवि सुदेश सत्याललाई प्रदान गरिने भएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यस्तै, हाल अमेरिका निवासी दीपक मुडभरीले आफ्नोे मातापिताको नाममा स्थापना गरेको सुभद्रादेवी– मदन मुडवरी स्मृति सम्मान २०७९ का लागि साहित्यकार पूर्णकला घिमिरेलाई प्रदान गरिने भएको छ । यसको राशी दश हजार रुपैयाँ रहेको छ ।
यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको स्मृतिमा स्थापना गरेको मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान–२०७९ का लागि मकवानपुरमा जन्मेर काठमाडौँ कर्मथलो बनाइ साहित्यमा सक्रिय स्रष्टा विना थिङलाई प्रदान गरिने भएको छ । जसको राशी दश हजार रुपैयाँ रहेको छ । यसैगरी, साहित्यसेवी मुुक्तिगाविन्द वैद्य र उनकी धर्मपत्नी तारादेवी वैद्यले स्थापना गरेको मुक्ति–तारा सम्मान २०७९ का लागि सुत्रकथाकार श्यामकृष्ण ज्ञवाली (एस. के निधन) लाई प्रदान गरिने भएको छ । जसको राशी दश हजार रुपैयाँ रहेको छ ।

हाल अस्टे«लिया बसोबास गर्दै आएका साहित्यकार जेनन नेपाल र शर्मिला दुुलालले आफ्नोे हजुरआमा हजुरबुुबाको स्मृतिमा स्थापना गरेको डम्बर पूर्णमाया स्मृति कविता सम्मान २०७९ का लागि साहित्यकार मनुु मञ्जिललाई प्रदान गरिने निर्णय गरेको छ । जसको राशी २२ हजार २ सय २२ रुपैयाँ रहेको छ । यो सम्मान पहिलोपटक प्रदान गर्न लागिएको हो ।

साहित्यकार केशव श्रेष्ठ ‘ज्योति’ ले साहित्य संगम मकवानपुरको नाममा स्थापना गरेको साहित्य संगम मकवानुर स्मृति कृति सम्मान–२०७९ का लागि कथा संग्रह अपरिचित अनुहारका लागि साहित्यकार साहित्यकार महेश पौडेललाई प्रदान गरिने भएको छ । जसको राशी २५ हजार रहेको छ । यसै वर्षबाट प्रदान गरिन लागेको यस सम्मानका लागि २०७८ सालभित्र प्रकाशित भएका कथाका कृतिहरुबाट छनोट गरिएको हो ।

यसैगरी, साहित्यकारद्धय ऋषि के.बी र पुुण्यशिला श्रेष्ठले आफ्नोे मातापिता/सासुुससुुराको नाममा स्थापना गरेको रामहरि–देवु युवा सम्मान–२०७९ का लागि साहित्यकार/कवि छवि अनित्यको लागि प्रदान गर्ने निर्णय गरेको छ । यस वर्षदेखि प्रदान गर्न लागिएको सम्मानको राशी दश हजार रहेको छ ।२०४४ सालमा स्थापना भएको संगमले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा २०५९ सालदेखि पुुष्पलाल स्मृति पुुस्तकालय पनि सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *