बालबालिकालाई सिम्रिकको शैक्षिक सामग्री

हेटौंडा, मनहरी गाउँपालिका वार्ड नं ३ लामिटारस्थित नवज्योति प्राविमा अध्ययन गर्ने ५० जना छात्रछात्रालाई सिम्रिक युबा परिवार काठमाडौंले शैक्षिक सामग्री वितरण गरेको छ । सिम्रिक परिवारका अध्यक्ष अनुपकृष्ण मानन्धर, महासचिव प्रतीक श्रेष्ठ र सदस्य कृष्ण थापाले बालबालिकालाई सामग्री बितरण गरेका हुन् ।

ADVERTISEMENT

पशुपतिनाथ माविका विब्यस अध्यक्ष माधब गौतमको सहजीकरणमा बालबालिकालाई स्कुल ब्याग तथा स्टेशनरी सामग्री बितरण गरिएको हो । नवज्योति प्राविका विब्यस अध्यक्ष बीरबहादुर राईको सभाध्यक्षतामा भएको कार्यक्रममा पशुपतिनाथ माविका प्रअ भानुभक्त आचार्य, मनहरी–३ का पूर्बवडासदस्य बिष्णुबहादुर थिङलगायतको सहभागिता रहेको थियो ।

नवज्योति प्राविका प्रधानाध्यापक जयराम अधिकारीले यस प्रकारको सहयोगले बालबालिकालाई नियमित विद्यालय आउन प्रेरित गर्ने र उनीहरुको अध्ययनमा ठूलो सहयोग पुग्ने आशा ब्यक्त गरे । कक्षा १ देखि ३ सम्मका ५० जना बालबालिकाले शैक्षिक सामग्री र स्कूल ब्याग पाएका छन् । आगामी दिनमा अझै थप सहयोगको अपेक्षा विद्यालयले राखेको प्रअ अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya