हेटौंडा, मकवानपुरको मनहरी गाउँपालिकाको स्रोत शिक्षकमा विदुर विक्रम थापा नियुक्त भएका छन् । महेन्द्रज्योति मावि हाँडीखोलामा कार्यरत थापालाई शुक्रबार गाउँपालिकाको स्रोत शिक्षकमा नियुक्त गरिएको हो ।
पालिकाका अध्यक्ष रञ्जन कालाखेती, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ लगायतले उनलाई नियुक्तीपत्र हस्तान्तरण गर्दै खादा लगाइदिएका हुन् । यसअघि स्रोत शिक्षक रहेका पूर्णभद्र भुषाल रहेका थिए । गाउँपालिकाका अध्यक्ष कालाखेतीले शिक्षा र स्वास्थ्य क्षेत्र सुधार्ने अभियानमा रहेको जानकारी दिँदै उनले शिक्षा क्षेत्रको विकासमा सहयोग पु¥याउन अनुरोध गरे । स्रोत शिक्षकमा नियुक्त भएका थापाले लामो समय शिक्षण पेशामा रहेको स्मरण गर्दै शिक्षक, अभिभावक र पालिकाको बीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै शिक्षा क्षेत्र सुधार्न लागिपर्ने प्रतिबद्धता जनाए ।
गाउँपालिकाले गरेको विश्वास र जिम्मेवारीलाई खेर जान नदिने उनको प्रतिबद्धता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सहित शिक्षक संघका नेताहरुको उपस्थिती रहेको थियो ।







