मूल्य बढाउन केन्द्रीय दुग्ध संघको मागलाई जिल्ला संघको साथ

हेटौंडा, संस्थागत रुपमा दुधको मूल्य बृद्धि गर्नका लागि केन्द्रीय दुग्ध सहकारी संघले सरकार संग गरेको माग प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले एैक्यबद्धता जनाएको छ । शुक्रबार मकवानपुर जिल्ला सहकारी संघले जारी गरेको प्रेस बिज्ञप्तीमा फागुन १ गते देखि लागुहुनेगरी दूधको मूल्य बृद्धि गर्न अल्टिमेटम दिदै उक्त समय सिमाभित्र दूधको मूल्य बृद्धि गर्न आग्रह गरिएको छ ।

ADVERTISEMENT

संघका अध्यक्ष हरि प्रसाद कंडेलद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा निर्धारित समयमा दुधको मूल्य बृद्धि नभएमा डेरी उद्योगीहरुको समन्वयमा दूधको मूल्य बृद्धिको घोषणा गरिने उल्लेख गरिएको छ । कडेंलले कृषकहरुलाई पशुपालन पेशामा अकर्षित गराई दूधमा आत्मनिर्भर बनाउन दुधको मूल्य बढाउन पर्ने बताए । उनले पशुपालन पेशामा युवाहरुलाई आकर्षित गरी बिदेश पलायन हुने अवस्थाबाट जोगाउन सरकारको ध्यानाकर्षण गराए । पशुलाई खुवाउने पराल, दाना चोकर, औषधि लगायतको मूल्य अत्याधिक बृद्धि हुनु, कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा रहेकोले हाल दुधको मूल्य बृद्धि गर्न सरकार समक्ष अनुरोध गरिएको मकवानपुर जिल्ला दुग्ध सहकारी संघले जनाएको छ ।

संघका अनुसार सरकारले यही फागुन १ गतेदेखि दुधको मूल्य बृद्धि नगरेमा कृषकहरु देशब्यापी आन्दोलनका कार्यक्रमहरु सहित सडकमा उत्रनेछन् । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.अन्तर्गत रहेका ६० वटा प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्थाद्वारा दैनिक करिव ४० हजार लिटर दूध संकलन गरि बिभिन्न उद्योगहरुमा बिक्री बितरण गर्दै आएको छ । संघले हाल दैनिक ११ हजार परिवारको दूध संकलन गर्दै करिव २७ लाखको हाराहारीमा शहरको पूँजी दैनिक गाउँ पुर्‍याउँदै गरिव विपन्न किसानहरुको आयआर्जनमा टेवा पुर्‍याउने काम गर्दै आएको संघका ब्यवस्थापक कुमारमणी दाहालले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya