भोलिबाट राक्सिराङमा हाट बजार सञ्चालन हुँदै

हेटौंडा–स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकामा हाटबजार सञ्चालन हुने भएको छ । राक्सिराङ ५ स्थित चैनपुरमा नियमित हाट बजार सुरु गर्न लागिएको हो ।

ADVERTISEMENT

चैनपुरमा भोलि फागुन १ गते कृषि हाट बजारको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । हरेक महिनाको १ र १५ गते कृषि हाट बजार सञ्चालन गर्ने योजनाका साथ सुरुवात गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । हाट बजारमा स्थानीय चेपाङ तथा तामाङ समुदायका परम्परागत खानेकुरा, रैथाने उत्पादन, गिट्ठा भ्याकुर, चिउरीको मह, गहत, मास, फापर जस्त स्थानीय उत्पादनको प्रवद्र्धन र खरिद बिक्री गरिने गाउँपालिका अध्यक्ष मल्लले बताए ।

रैथाने उपजहरुको प्रदर्शनी तथा विक्री वितरण, स्थानी खानाका परिकारका परिकार गरी २० वटा स्टल राखिनेछन् । हाट बजारको उद्घाटन समारोहमा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति, जातीय पहिचान झल्कने सांस्कृतिक झाँकी तथा नृत्य प्रदर्शन हुने हाट बजार व्यवस्थापन समितिका संयोजक सन्तोष थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya