हेटौंडा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गढी गाउँपालिकाको अध्यक्षमा राजुप्रसाद गौतम चयन भएका छन् । शनिबार भएको तेस्रो अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको हो ।
समितिको उपाध्यक्षमा सुमिता घिमिरे र रामचन्द्र न्यौपाने, सचिवमा जयराम न्यौपाने, कोषाध्यक्षमा विष्णुमाया नगरकोटी, सहसचिवमा शारदा दुलाल र सहकोषाध्यक्षमा शान्तिमाया स्याङ्बो चयन भएका छन् । यसैगरी सदस्यमा हिरामाया स्याङ्तान, नवीन भुजेल, शकुन्तला गिरी, साधुराम पुडासैनी, रजनी दुलाल, सानु तितुङ, कविता दाहाल, ममता अधिकारी, सुभद्रा भट्ट, भुवन थिङ र राकेशकुमार दवे चयन भएका छन् ।
गढी गापाका अध्यक्ष टङ्कप्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमालेको बागमती प्रदेश समिति सदस्य बद्री लम्साल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य विदुर हुमागाई,नेराशिस बागमती प्रदेश सदस्य बालकुमार श्रेष्ठ, पेशागत महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष सीताराम दाहाल,नेकपा एमाले गढी गापा अध्यक्ष जितबहादुर घिमिरे, बुद्धिजीवी परिषद् बागमती प्रदेशका सदस्य मोहनप्रसाद न्यौपाने, सचिवालय सदस्य डीबी बर्तौलालगायतको आतिथ्यता रहेको थियो ।







