विश्व वातावरण दिवसमा ‘नवोदय रन’ प्रतियोगिता

हेटौंडा, हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले ५२ औँ विश्व वातावरण दिवसको अवसरमा बुधबार ‘नवोदय रन’ प्रतियोगिता आयोजना गरेको छ ।

ADVERTISEMENT

मकवानपुरमा रहेका १० वटा सामूदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाएको नवोदय रन प्रतियोगितामा ८६ जना विद्यार्थीको सहभागिता रहेको थियो । नवोदय रन प्रतियोगितामा छात्रतर्फ भानु माध्यमिक विद्यालयका रोजन विक प्रथम, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका अभिनेककुमार यादव दोस्रो, नवोदय शिशु सदन विद्यालयका प्रहस्थ खड्का तृतीय हुन सफल भए ।

प्रतियोगितामा भानु माध्यमिक विद्यालयका बिफल लोप्चन र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका बिजय राज पाश्वान सान्त्वना हुन सफल भएको प्रतियोगिताका संयोजक तक्षक सिम्खडाले जानकारी दिए । ४ किलो मिटर दौड प्रतियोगितामा भानुका रोजनले १४ मिनेट ३७ सेकेण्डमा दूरी पार गरेका थिए । यसैगरी छात्रातर्फ भानु माध्यमिक विद्यालयका कृषा डिम्डुङ प्रथम, भानुकै सरस्वती अर्याल दोस्रो र श्रमिक माध्यमिक विद्यालयकी अस्मिता गौतम तृतीय हुन सफल भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाण पत्र र मेडल प्रदान गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक मनोज थिङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *