कविता प्रतियोगितामा समर्पण न्यौपाने प्रथम

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भएको कविता प्रतियोगितामा समर्पण न्यौपाने प्रथम भएका छन् ।

ADVERTISEMENT

यसैगरी स्वस्तिका दहाल द्वितीय, रुपक घलान तृतीय र सान्त्वनामा इलिसा पराजुली, कृतिका लौडारी र सरोज कुमार साह घोषित भए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ७५००, ५५०० र प्रमाणपत्र, ३५०० र एक हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालका कार्यवहाक अध्यक्ष इन्द्र नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद केदार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार तुल्सी थापा , तुलसी घिमिरे , आर. सी . रिजाल , रमेशमोहन अधिकारी , तिर्थदेवी सिलवाललाई सम्मान गरेको थियो ।

प्रतियोगितामा साहित्यकार निमेष निखिल , छवि अनित्य र भावना सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा ७३ जनाले सहभागिता जनाएको श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सचिव सुवास खनालले जानकारी दिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *