हेटौंडा, सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा गतवर्षबाट सुरु भएको गाईजात्रा हास्यव्यङ्ग्य कार्यक्रम यसवर्ष पनि हुने भएको छ । यही भदौ २० गते बुधबारका दिन सिस्नुपानी नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको विशेष सहयोगमा कार्यक्रम हुन लागेको हो ।
हाँस्यव्यङ्ग्य प्रदर्शन, कविता, निबन्ध, प्यारोडी गायनलगायत हुने सिस्नुपानी नेपाल मकवानपुुरका अध्यक्ष राजकुमार लामिछानले जानकारी दिए । ‘गतवर्षबाट आयोजना गरेको गाईजात्रा हास्यव्यङ्ग्य कार्यक्रमलाई यो वर्ष पनि निरन्रतता दिँदै छौँ । ’ लामिछानेले भने –‘यो वर्ष व्यापक प्रदर्शन गर्ने लक्ष्यसहित रियल्सनको कार्य भइरहेको छ ।’
हेटौंडाको रोयल पाटी प्यालेसमा हुने उक्त कार्यक्रममा गाईजात्रा सम्बन्धी हाँस्यव्यङ्ग्यमा रूचि हुनेहरुलाई उपस्थितिको लागि सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष लामिछानेले अनुरोध गरेका छन् । गाईजात्रा हास्यव्यङ्ग्यमा मकवानपुरे हास्य व्यङ्ग्यकार आर.सी रिजाल, आशाकाजी श्रेष्ठ, राजकुमार लामिछाने, मीनप्रसाद लामिछाने, संप्रस पौडेल, स्वस्तिका दहाललगायत मकवानपुरमा क्रियाशील साहित्य कलाकारको प्रस्तुती हेर्न पाइने छ ।