हेटौंडा, हेटौडा–६, चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलको २३ औं अभिभावक भेला विहिवार सम्पन्न भएको छ । भेलालाई सम्वोधन गर्दै बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाले शिक्षाको क्षेत्रमा सुनगाभा स्कूलले उत्कृष्ट कार्य गरेको बताए ।
विद्यालयले शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा खुशी ब्यक्त गर्दै संस्थागत विद्यालयमा सुनगाभा उत्कृष्ट रहेको बताए । सामाजिक विकास मन्त्रालय सदैव शैक्षिक क्षेत्रको विकासमा अगाडी बढिरहेको बताउदै सचिव सापकोटाले शिक्षा नै देश विकासको मेरुदण्ड रहेको बताए ।
भेलामा विद्यालयले गरेका गतिविधीहरुको प्रचारप्रसार गराई विद्यालयको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ र सञ्चारकर्मी भीमसेन पौडेललाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । यसैगरि विद्यालयको समग्र विकासमा सहयोग गरेकाले विद्यालयका प्रिन्सिपल अरुण पराजुली, शिक्षिका सुस्मिता न्यौपाने, प्रशन्ना रिजाल र कर्मचारी चण्डीका ढकाल, उत्कृष्ट अभिभावकमा विना देवकोटा, शोभा घिमिरे, गीता ढकाल, अनिशा तिमल्सिना र सुनिता क्याचाकीलाई सम्मान गरिएको थियो ।
भेलामा उत्कृष्ट शिक्षकमा निमा थापा र मुना विक. रचना बज्रचार्य,उत्कृष्ट विद्यार्थीमा अविन सापकोटा, रस्मिता सुवेदी, सौगात थापा र दिवस सञ्जेललाई सम्मान गरिएको थियो । भेलामा विद्यालयका अध्यक्ष रामहरि न्यौपानेले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
भेलामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य सरिता सापकोटा, निवर्तमान वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, विद्यालयका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, प्यावसन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, उपाध्यक्ष लक्ष्मी श्रेष्ठ, विद्यालयका प्रवन्ध सञ्चालक रामहरि चौलागाई, सचिव नारायण प्रसाद अधिकारी, सञ्चारकर्मी रुपेश दुलाल, अभिभावक विश्वराज राई लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुरको पूर्वी क्षेत्रको शैक्षिक गहनाको रुपमा नाम कमाएको यस विद्यालमा कक्षा १० सम्म पढाई भैरहेको छ भने विद्यालयमा ६ सय २० जना विद्यार्थीहरु रहेको प्रिन्सिपल अरुण पराजुलीले बताए ।






