पुस १० गतेबाट हेटौंडामा प्रदेश लिग फुटबल प्रतियोगिता हुने

हेटौंडा, यही पुस १० गतेबाट हेटौंडामा दोश्रो संकरणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडाको क्याम्पा- पिप्ले रंगशालामा हुने प्रतियोगितामा बागमतीका ११ जिल्लाका लिग च्याम्पियनहरुले सहभागिता जनाउनेछन् ।हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि बागमती प्रदेश फुटबल संघले लिगको टाईसिट सार्वजनिक गरेको छ ।

ADVERTISEMENT

लिगमा नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलिस्ट दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष राजिव बस्नेतले बताए । प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद २ लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

लिगमा यो वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव दिपक लामाले ट्राइसिट सार्वजनिक गरेका थिए । गत वर्षको पहिलो संकरणको विजेता जिल्ला धादिङ रहेको थियो । पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा, एन्फाका केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, प्रदेश फुटबल संघका कार्यवहाक अध्यक्ष राजिव बस्नेत, जिल्लाका उपाध्यक्ष युवराज लामा, महासचिव छवी सुवेदी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको उपस्थिति रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *