हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा बास्केटबल प्रतियोगिता सुरु

हेटौंडा, हेटौंडा–४ मा रहेको हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्ससमा बास्केटबल प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा बिसिए संकाय विजय भएको छ । एचएम संकायलाई ४०–१९ को अङ्कले पराजित गर्दै बिसिएले विजयी हासिल गरेको हो ।

ADVERTISEMENT

बुधबारसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ए मा बिसिए, १२ कमर्स र एचएमको समूह रहेका छन् भने समूह बी मा बिआइएम, साइन्स र ११ कमर्स रहेका छन् । प्रत्येक समूहबाट शिर्ष टिमहरू फाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिताको विजेताले नगद ७ हजार रुपैयाँ र उपविजेताले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

क्याम्पसका भाइस प्रिन्सिपल राम पण्डित खनालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति प्लटुका अध्यक्ष ऋषिराम पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *