हाजिरी जवाफ प्रतियोगितामा सफल आमा समूह प्रथम

हेटौँडा, हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजना तथा मोहन बज्राचार्य शहरी स्वास्थ्य केन्द्रको व्यवस्थापनमा १ सय १३ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा वडास्तरीय अन्तर स्वास्थ्य आमा समूहबीच हाजिरी जवाफ प्रतियोगिता भएको छ ।

ADVERTISEMENT

प्रतियोगितामा सफल, श्रमिक, जाल्पादेवी, पञ्चकन्या र प्रगती क्रमसः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् । प्रथम पुरस्कार ७ हजार, द्वितीय पुरस्कार ५ हजार, तृतीय पुरस्कार ३ हजार, सान्त्वना १ हजार तथा प्रमाण पत्र रहेको थियो । सफल, जाल्पादेवी, श्रमिक, पञ्चकन्या र प्रगती गरि ५ वटा आमा समूह सहभागी रहेको मोहन बज्राचार्य शहरी स्वास्थ्य केन्द्र, हेटौँडा ४ का प्रमुख निर्मला ब्लोनले बताइन् । वडा सदस्य गीता त्रिपाठीको सभाध्यक्षता भएको कार्यक्रममा प्रमुख अथिति बाग्मती प्रदेशका पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठले नारी दिवसको औचित्य बारे प्रष्ट पारिन् ।

कार्यक्रममा वडा सदस्यहरू जनरल श्रेष्ठ, जग्गनाथ पाण्डे, ५ नं. वडा सदस्य रञ्जिता सिलवाल, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, महिला जागरण समूहकका अध्यक्ष राधिका चौलागाईँ, सृजनशिल नेपालका अध्यक्ष शान्ता वराललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *