हेटौँडामा हुने दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको मिति सर्‍यो

हेटौँडा, जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा दोस्रो वृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव फाल्गुन २९ गतेदेखि चैत १४ गतेसम्म सञ्चालन हुने भएको छ।

ADVERTISEMENT

यसअघि माघ २८ गतेदेखि फाल्गुन १२ गतेसम्म महोत्सव सञ्चालन गरिने भनी पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको भए पनि प्रतिनिधिसभा निर्वाचनका लागि लागू भएको निर्वाचन आचारसंहिता तथा सुरक्षा व्यवस्थाका कारण महोत्सवको मिति पछि सारिएको जिल्ला खेलकुद विकास समिति मकवानपुरले जनाएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मुक्तानले निर्वाचन सम्पन्न भएपछि महोत्सव सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए।

माघ २६ गते अध्यक्ष मुक्तानद्वारा हस्ताक्षर गरी जारी गरिएको प्रेस विज्ञप्तिमा हेटौँडा उपमहानगरपालिका–१० स्थित टीसीएन चौरमा २०८२ फाल्गुन ०२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव जिल्ला प्रशासन कार्यालय मकवानपुरको सुझावलाई मनन गर्दै स्थगित गरिएको र पुनः फाल्गुन २९ गतेदेखि चैत १४ गतेसम्म सञ्चालन गरिने उल्लेख गरिएको छ।
हेटौँडा–१० स्थित टीसीएन चौरमा आयोजना हुने महोत्सवमा ६ विधाका खेलकुद प्रतियोगिता समावेश गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय ब्याडमिन्टन, जिल्लास्तरीय कराँते तथा १० किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता सञ्चालन हुनेछन्।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *