मकवानपुरे अञ्जन विष्ट वर्षको उत्कृष्ट खेलाडी घोषित

हेटौंडा,मकवानपुरका अञ्जन विष्ट वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा विष्टलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्ड प्रदान गरेको हो । यो विधामा विष्टसहित फुटबलकै किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए ।

उनीहरुलाई पछि पार्दै विष्टले अवार्ड हात पारेका हुन् । उनले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् । उनले अवार्ड ग्रहण गरेपछि विनाशकारी भूकम्पमा निधन भएका पत्रकार सुमन भोम्जनलाई स्मरण गरे । अञ्जनले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए ।

यस्तै उनले १३ औं साफ च्याम्पियनसीपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि गोल गरेका थिए । गत वर्ष नै भएको नेपाल सुपर लिग (एनएसएल)मा पनि उनी सर्वोत्कृष्ट फरवार्ड चुनिएका थिए । अञ्जनले १३ औं साफ च्याम्पिन्सिपमा श्रीलङ्का र बंगलादेशविरुद्ध पनि गोल गोल गरेका थिए । उनी राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको सुचीमा तेस्रो स्थानमा छन् । उनले हालसम्म राष्ट्रिय टोलीबाट ११ गोल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button