यस्तै भए संघीयता धेरै समय जाँदैन : इन्द्र बानियाँ

हेटौंडा, नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्र बानियाँले एकात्मक राज्यप्रणाली अवधारणा अनुसार सरकार चलेको आभास भइरहेको बताएका छन् ।

प्रदेश संरचनालाई सरकारले वेवास्ता गरेको केन्द्रीय समितिमा गुनासो गरेका उनले यस्तै अवस्था रहे संघीयता धेरै समय नजाने दाबी गरे ।‘संविधानले चिनेको व्यवस्था अनुसार आज प्रदेश अघि बढ्न सकेन,’ बानियाँले भने, ‘यहि तरिका हो भने यो संघीयता लामो समय जाने छाँटकाँट देखिँदैन ।’

प्रदेश सरकारसँग झण्डा र डण्डा भए पनि अधिकार विहीन भएको उनले उल्लेख गरे । प्रदेश भनेको संघीयता र पहिचान भए पनि अधिकारविहीन राखिएको उनले गुनासो गरे । ‘हतियारविहीन भएर लडाईँ लड्न जाने सिपाही जस्तो बनाइएको छ,’ बानियाँले भने ।
प्रदेश सरकारको दोस्रो कार्यकाल हुँदा समेत प्रहरी, निजामति, शिक्षा ऐन बनाउन केन्द्र सरकार बाधक रहेको उनले सुनाए । संघीयतालाई बलियो बनाउने हो भने संविधान संशोधनको आवश्यकता रहेको उनको टिप्पणी थियो । स्रोतः अनलाइन खवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button